

काठमाडौं । पछिल्लो केही समय मत्थर देखिएको कोरोना भाइरस संक्रमणको दर पुनः उकालो लाग्न थालेको छ । करिब दुई वर्ष त्रासका साथ बिताएका सर्वसाधारण पछिल्लो एक सातादेखि पुनः त्रसित बनेका छन् । विश्वभरीको तथ्याङ्क केलाउँदा अहिले अधिकांश मुलुकमा कोरोना संक्रमण औसत २० प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस घेब्रेयसकाले कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी अझै अन्त्य नभएको जानकारी दिनुभएको छ । धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेकाले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरिएको छ ।
महानिर्देशकले भने, ‘महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन । नयाँ स्वरूपमा भाइरस देखिने गरेकाले पूर्ण नियन्त्रण गाह्रो भएको छ ।’ पछिल्लो १८ महिनामा विश्वमा १२ अर्ब खोप वितरण गरिएको छ । विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७