

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्।
अध्यक्ष यादव र भट्टराईले सहमतिमै अलग हुने निर्णय गरेको भनेपनि मन्त्रिमण्डल हेरफेर गर्दा यादवले भट्टराई पक्षका नेतालाई पनि सहभागी गराउने तयारी गरेका बुझिएको छ। जसपा नेता प्रमोद शाहले अध्यक्ष यादवले आगामी शनिबारसम्म नयाँ मन्त्री सिफारिस गर्ने गरी तयारी गरेको देशसञ्चारलाई जानकारी दिए।
उनले भने– ‘मन्त्री हुन सबै नेता आकांक्षी छन्। सबै पक्षलाई समेटेर अध्यक्षले नाम सिफारिस गर्नुहुन्छ। मन्त्री बन्ने चार जना मात्रै छन् तर आकांक्षी धेरै छन्, यस बिषयमा निर्णय लिन अनौपचारिक छलफल भइरहेका छन्।’ डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईले प्रस्ताव गरेका उनीनिकट एक नेताले बताए।
त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक नेताको भनाइ छ। सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतको भनाइ छ।
नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । हिजो अलग्निे सहमति भएपनि अध्यक्ष यादवले सकेसम्म दुबै पक्षलाई समेट्ने गरी मन्त्रिमण्डल हेरफेर गर्ने गरी नाम सिफारिस गर्ने तयारी गरेका उनिनिकट स्रोतले बताएको छ।
नेता प्रदिप यादवले अध्यक्ष यादवले छलफल गरिरहेको बताए। को को सरकारमा जाने भन्ने चर्चा नभएको र अध्यक्ष निरन्तर छलफलमा रहेको उनको भनाइ छ। बाहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ पठाउनेहरुको नाम तय गर्ने जिम्मा पार्टीले अध्यक्ष यादवलाई दिएको छ।
जसपाको तर्फबाट रेनु कुमारी यादव भौतिक पुर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपंक्षी विकास, रामसहाय प्रसाद यादव वन तथा वातावरण र राजेन्द्र प्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन्। चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने तयारी भइरहँदा डा. भट्टराई पक्ष असन्तुष्ट बनेको हो। भट्टराईसँग महेन्द्र राय यादव लगायतका नेताहरु छन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७