TRENDING

मन्त्री फेरिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न बस्नेछ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।