TRENDING

प्रचण्डको आरोप : सोधान्तर घाटाको प्रणेता र जन्मदाता ओली नेतृत्वको सरकार र युवराज खतिवडा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट देशको शोधनान्तर घाटा सुरु भएको बताएका छन् । सोमबार नरबहादुर कर्मचारर्यको स्मृति कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले शोधनान्तर घाटामा मुलुकलाई लगेको आरोप लगाएपछि दाहालले जवाफ दिएका हुन् । उनले आफूहरूका अघि पोखरेलले त्यस्तो कुरा गर्न कहाँबाट सकेको भन्दै प्रश्न पनि गरे ।

“उहाँ (शंकर पोखरेल)ले हाम्रो अगाडि जो शोधनान्तर घाटाको कुरा गर्नु’भो । यसको प्रणेता जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो,” प्रचण्डले भने,” समाजवादमा जाने कुरा हामीले गरेको होइन ? भ्रष्टाचार नियन्त्रण होला । जनतालाई राहत होला दिने घोषणापत्रमा पहल गर्ने हामीहरूका अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जवासँग मिलेर हुन्छ ? भनेर भन्न मिल्छ ?”