TRENDING

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई सपथ गराएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ खाएका हुन । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले सपथ खाएका हुन् । चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।