

काठमाडौं । उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए । शुक्रबार ललितपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले आगामी निर्वाचन प्रत्यक्ष लड्ने तयारी गरिरहेको जानकारी गराए । ‘म प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको छु,’ उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो । तर, पार्टीसँग सल्लाह हुन्छ । यो पक्का हो, फेरि समानुपातिकमा आउनेछैन ।’ उनले अबको प्राथमिकता राजनीति नै भएको स्पष्ट पारे । ‘त्यसकारण मैले महाधिवेशनमा वडाबाटै चुनाव लडेको हुँ । अब ब्याकडोरबाट राजनीति गर्ने प्रश्नै छैन । फ्रन्टलाइनबाटै राजनीतिमा आउँछु ।’
चौधरी आगामी निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे भने खुलाएनन् । सबै परिवर्तन राजनीतिबाट सम्भव भएकाले आफू राजनीतिमा आएको उनले बताए । ‘जुन कुरा राजनीतिबाट सम्भव छ त्यो व्यक्तिबाट सम्भव छैन । त्यसैले म राजनीतिमा आएको हुँ,’ चौधरीले भने । बाँकी राजनीतिक जीवन कांग्रेसमै बिताउने बताएका चौधरीले भने, ‘सके संघर्ष गर्छु, नसके घर फर्केर बस्छु ।’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७