

अमेरिका ।अमेरिकामा गर्भपतन सेवा उपलब्ध गराउँदै आएका क्लिनिकहरु बन्द हुन थालेका छन्। सर्वोच्च अदालतले शुक्रवार गर्भपतनसम्बन्धी अधिकार प्रदान गरेको फैसला उल्टाएपछि यस्ता क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ। अमेरिकाको सर्वोच्च अदालतले ५० वर्ष पुरानो गर्भपतनसम्बन्धी फैसला उल्टाएसँगै गर्भपतनसम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ। अब हरेक राज्यले यससम्बन्धी आआफ्नो कानुन लागू गर्न पाउनेछन्।
सन् १९७३ को फैसलाले गर्भपतनलाई कानुनी मान्यता दिँदै यो सम्बन्धी निर्णय लिने अधिकार महिलालाई दिएको थियो। रोय भर्सेर वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको अदालतको निर्णयमा उल्लेख छ। अमेरिकाका २५ भन्दा बढी राज्यले गर्भपतनलाई प्रतिबन्ध लगाउनु कानुन लागू गर्न सक्ने बताइएको छ। मिसिसिपी, टेक्सासलगायत १३ राज्यले त यसलाई तुरुन्तै लागू गराउने तयारी गरेको बताइएको छ। यो निर्णयले रिपब्लिकनहरु खुसी छन् भने डेमोक्रेट्स पार्टी आक्रोशित भएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो निर्णयलाई दुखद भएको बताएका छन्। उनले यसलाई दु:खद् त्रुटिका रुपमा लिएका छन्। निर्णय आएको केही समयपछि उनले सम्बोधन गर्दै लाखौं महिलाहरु यसबाट प्रभावित हुने बताए।
अमेरिकी सर्वोच्च अदालतमा परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको र उक्त निर्णयको पक्षमा ६ न्यायाधीश उभिँदा विपक्षमा ३ न्यायाधीश थिए। अमेरिकामा धेरैजसो महिलाहरु वैध रुपमा गर्भपतनको पक्षमा थिए। अदालतको आदेशको विरोधमा अमेरिकी शहरहरुमा प्रदर्शन हुने बताइएको छ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७