TRENDING

अमेरिकी सर्वोच्च अदालतले भन्यो- बन्दुक बोक्न पाउनु अमेरिकीहरूको मौलिक अधिकार हो

काठमाडौँ । अमेरिकामा गोली चल्ने घटना बढिरहेका कारण त्यहाँ खुलेआम बन्दुक बोक्न प्रतिबन्ध लगाउन माग चर्किएको बेला सर्वोच्च अदालतको नयाँ फैसलाले राष्ट्रपति जो बाइडेनसहित उनको प्रशासनलाई ठुलो धक्का लागेको छ । न्युयोर्क स्टेट राइफल एण्ड पिस्टल एसोसिएसनविरुद्ध ब्रुएन मुद्दामा अमेरिकी सर्वोच्च अदालतले बन्दुक बोक्नु अमेरिकीहरूको मौलिक अधिकार भएको फैसला सुनाएको छ ।

अमेरिकामा भर्खरै भएका सामूहिक गोलीकाण्डका कारण बन्दुक नियन्त्रणको माग गर्दै प्रदर्शन भइरहेका छन् । यसैबीच, अमेरिकी सर्वोच्च अदालतले बिहीबार न्युयोर्कमा एक शताब्दीभन्दा बढी समयअघि लागू भएको बन्दुकसम्बन्धी कानुनलाई खारेज गरेको छ। उक्त ऐनअनुसार लाइसेन्सबिना घरबाहिर हतियार बोक्न पाइँदैन । बन्दुक अधिकारको सन्दर्भमा यो ठूलो प्रणाली हो । ६–३ मतको बिभाजनका आधारमा अदालतका न्यायाधीशको निर्णय आएको हो ।

न्यायमूर्ति क्लेरेन्स थोमसले आफ्नो फैसलामा लेखेका छन्- ‘न्यूयोर्कले आत्मरक्षामा त्यसो गर्न अनुमति खोज्ने आवेदकहरूलाई सार्वजनिक रूपमा बन्दुक बोक्ने इजाजतपत्र जारी गर्दछ । यो राज्यको इजाजतपत्र व्यवस्थाले संविधानको उल्लंघन गर्दछ ।’ अदालतले व्यक्तिगत रुपमा बन्दुक राख्न पाउने संवैधानिक अधिकारको बारेमा टिप्पणी गर्दै यो अधिकारले सार्वजनिक स्थानमा हतियार बोक्न पनि अनुमति दिएको यो पहिलो पटक हो ।

यो निर्णयपछि न्युयोर्क, लस एन्जलस र बोस्टनलगायत अमेरिकाका ठूला सहरका सडकमा मानिसहरूले कानुनी रूपमा ह्यान्डगन बोक्न सक्नेछन् । अमेरिकी जनसंख्याको एक चौथाई राज्यहरूमा बस्छन् जहाँ यो प्रणाली लागू हुनेछ । एक दशकभन्दा बढी अवधिमा बन्दुक संस्कृतिमाथि सर्वोच्चको यो पहिलो फैसला हो । टेक्सास, न्यूयोर्क र क्यालिफोर्नियामा भर्खरै भएको सामूहिक गोलीकाण्डपछि कंग्रेसले हतियारसम्बन्धी कानुनमा सक्रियतापूर्वक काम गरिरहेको बेला अदालतको आदेश आएको हो ।

सर्वोच्च अदालतको यो निर्णयबाट राष्ट्रपति जो बाइडेन आक्रोशित भएका छन् । उनले यो सामान्य विवेक नभएको निर्णय भएको बताए । यो निर्णयको सबैले विरोध गर्नुपर्छ । बाइडेन बन्दुक संस्कृति अन्त्य गर्न चाहन्थे। बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने वा बन्दुक किन्ने उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याउनुपर्ने उनको भनाइ थियो ।