TRENDING

नेपाल फाइनान्सले असार १७ देखि सेयर बिक्री गर्दैै

काठमाडौं । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर यही असार १७ गतेबाट लिलामीमा आउने भएको छ ।कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो ।

जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.०८८ कित्ता सेयर छन् । लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन ।बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालय, नेपाल लफाइनान्सको केन्द्रीय कार्यालयसहित बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।