

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।
आज ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए । उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघाट र्गयौं । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएर ठूलो दुर्घटना र्टायौं ।’
एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानूनको अंग बनेको उनले बताए । एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।
प्रचण्डले भने, ‘मैले पेरिसडाँडामा यो कुराको खुलासा गर्नासाथ केपी ओलीगुटका एकजना मान्छेले सदनमा एमालेले सम्झौता गरेको प्रमाणित गर्न चुनौति दिए । त्यसको ३/४ घण्टापछि त सम्झौताको कपी नै बाहिर आयो । अहिले त्यसबेला हामीलाई थाहै थिएन भनेर जनतालाई उल्लु बनाउन खोज्दैछन् ।’
एसपीपीका विषयमा सबैभन्दा पहिले आफूले नै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएको पनि प्रचण्डको अर्को दाबी थियो ।
‘मैले प्रधानमन्त्रीज्यू एसपीपी सैन्य सम्झौता नै हो, यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’ प्रचण्डले भने, ‘अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७