

बझाङः बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रुसमेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधनसमेत सुनकुडामा लाम लागेका छन् । बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरीचौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।
सुनकुडामा बिहीबारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत प्रनाउ खड्काले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७