TRENDING

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

बैठममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतलाई बोलाइएको छ ।

sherbadhurdeuba