

धादिंग । युवा तथा खेलकुद मन्त्रालय , बाग्मति प्रदेश कार्यालय अन्तर्गतको जिल्ला युवा समिति धादिंगले बुधबार सदरमुकाम धादिंगबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश युवा परिषद् बाममतीको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
परिचयत्मक अन्तरक्रिया कार्यक्रममा युवा सम्बन्धि कार्य गरिरहेको संघसंस्था एवं युवा क्लबका प्रतिनिधीहरुले जिल्ला भित्रका युवाहरुको सवालका विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो । यसै गरी सहभागीहरुले जिल्ला युवा समितिको अध्यक्ष पदमा मनोनित भई कार्य शुरुवात गर्नुभएकोमा युवा समिति धादिंगका अध्यक्ष सुनिता सिंखडालाई बधाई सहित सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा सहभागीहरुलाई स्वागत सहित कार्यक्रमको औचित्यमाथिको छलफलमा अध्यक्ष सिंखडाले सहजिकरण गर्नुभएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७