TRENDING

बालेन साहले लिए सपथ, किन मानेनन् माला लगाउन ?

काठमाडौँ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा आज एक समारोहका बीच उहाँहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

आजै महानगरका प्रमुख, उपप्रमुखसहित ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । यस लगत्तै उहाँहरुले पदभार ग्रहण गर्नुहुने भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी बन्नुभएका बालेनले माला, अबिर र खादा बिना नै सपथ ग्रहण गर्नुभएको थियो ।

यसअघि उहाँले काठमाडौँको फोहोरको स्थायी व्यवस्थापन गरेपछि मात्रै माला, खादा लगाउने घोषणा गरेका अनुसार नै उहाँले आज माला लगाउन नमान्नुभएको हो ।