

पाल्पा । आसन्न निर्वाचनमा पाल्पामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले विकास र पूर्वाधार निर्माणका आकर्षक योजनाहरु अघि सारेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा गाउँमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी लगायतका योजनाहरु सञ्चालन गर्ने वाचा ती उम्मेदवारहरुले मतदाता समक्ष गरिरहेका छन् ।
नेपाली काङ्ग्रेसबाट तानसेन नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका सन्तोषलाल श्रेष्ठ जनताले अनुभूत गर्ने गरी सिंहदरबारको अधिकार घर–घर पु¥याउने बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत्, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।
नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार धनेन्द्रराज घिमिरेले तानसेनलाई स्मार्ट सिटीसहितको पर्यटकीय केन्द्र बनाएर सिङ्गो पाल्पालाई पर्यटकीय जिल्ला बनाउने योजना ल्याउनुभएको छ । एमाले उम्मेदवारहरुले तानसेनका १४ वटै वडामा नागरिकलाई घरदैलो सेवा प्रदान गर्ने जनाएका छन् ।
वडाबाटै योजना सम्झौता, अनुगमन मूल्याङ्कन तथा बजेट निकास गर्ने उनीहरुको योजना छ । मतदाताको विश्वास जित्न सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यवस्था गर्ने, श्रीनगरडाँडामा सेनकालीन ऐतिहासिक दरबार पुनःनिर्माण गर्ने र ठाउँ ठाउँमा सुन्दर पार्क निर्माण गर्ने आश्वासन एमाले तानसेनले दिँदैआएको छ ।
माथागढी गाउँपालिकामा नेकाबाट पालिका अध्यक्षको उम्मेदवार बन्नुभएका सन्तोष थापा मगरले गएको पाँच वर्ष जनताकै सेवामा समर्पित भएको र अब पनि जनताकै सेवक बनेर काम गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ – “पालिकामा विकास र समृद्धिका क्षेत्रमा धेरै काम गरेका छौं । केही सम्पन्न भएका छन् भने केहीको काम बाँकी रहेकाले तिनलाई पूरा गर्नेछु । माथागढीलाई देशकै नमूना पालिका बनाउन लागिपर्छौं ।” बगनासकाली गाउँपालिकामा नेकाबाट पालिका अध्यक्षमा उम्मेदवार बनेकी सुनिता अधिकारीले जनताको हरेक समस्यामा साथ दिने प्रण गर्दै अन्य विकास कार्यक्रमका अतिरिक्त महिला सशक्तीकरणका लागि काम गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।
घुमफिरबाट थप समाचार
राप्ति नदीमा गोही छाडियो
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७