

काठमाडौ । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।
नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।
आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । ‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक(पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७