

हेटौंडा । प्रदेश राजधानी हेटौंडाका अधिकांश मन्त्रीले हेटौंडा छाडेका छन् । स्थानीय तह निर्वाचनका लागि मन्त्रीहरुले वैशाख महिनाको शुरुदेखि नै हेटौंडा छाडेका हुन् । राज्यमन्त्रीसहित १८ जना मन्त्री रहेको बागमती प्रदेशको राजधानी हेटौंडामा अधिकांश मन्त्री यतिबेला चुनावी प्रचारप्रसारका लागी गृहजिल्ला पुगेका कारण मन्त्रालय सुनसान बनेको छ । प्रदेश सरकारका मन्त्रीहरू स्थानीय तह निर्वाचनमा आफ्नो दलको उम्मेदवार जिताउने अभियानमा सक्रिय छन् ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं गृहजिल्ला काभ्रेमा छन्। उनी वैशाख लागेलगत्तै मन्त्रालयबाट बाहिरिएर काभ्रेमा पार्टीको नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई जिताउने कार्यक्रममा व्यस्त छन्।
उनले स्थानीय तह निर्वाचनको आचारसंहिता समेत उल्लंघन गरेका छन्। मन्त्री हुमागाईंले आफ्नो फेसबुकमा पटक–पटक विभिन्न उम्मेदवारका लागि मत माग्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन्।
मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार९प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ। तर मन्त्री हुमागाईंले उम्मेदवारका लागि सार्वजनिक रूपमा सामाजिक सञ्जालमा नै मत मागेका छन्।
उनले काभ्रेको पनौती नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका रामशरण भण्डारी र छवि हुमागाईं अत्यधिक बहुमतले जिताउन अनुरोध गर्दै उनीहरूको चुनावी प्रचारप्रसारको तस्विर समेत फेसबुकमा राखेका छन्।
हुमागाईंले धुलिखेल नगरपालिकाको प्रमुखको उम्मेदवार दयासागर श्रेष्ठ र उपप्रमुख निराजन जंगमका लागि पनि मत मागेका छन्।
उनले बनेपा नगरपालिकाको प्रमुखको उम्मेदवार शान्ति रत्नशाक्य र उपप्रमुखका उम्मेदवार रघुवीर चौ प्रधान तथा मण्डन देउपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवार टोकबहादुर वाइबा र उपप्रमुखको उम्मेदवार विष्णुमणि नेपालका लागि पनि मत मागेका छन्।
मन्त्री हुमागाईँले पाँच दिनअघि आफ्नो फेसबुकमा काभ्रे जिल्लाका १३ स्थानीय तहका प्रमुख उपप्रमुखलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन्। १३५ वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न र मिल्न सक्ने ठाउँमा स्थानीय कमिटीको सहमतिमा मिल्नसमेत उनले आग्रह गरेका छन्।
उनले स्थानीय तहको निर्वाचनअघि आफू हेटौंडा नफर्किने समेत बताएका छन्। ‘चुनावअघि म हेटौंडा आउन भ्याउँदिन’, थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘अब एकैपटक जेठको ४्५ गते आउँछु होला।’
उनले मात्रै होइन बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले निर्वाचन आचासंहिता विपरीत दल र उम्मेदवारको लागि मत मागिएको पोष्ट फेसबुकमा शेयर गरेका छन्।
खड्काले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनावी गीतदेखि उम्मेदवारको लागि मत मागिएको पोष्ट पनि शेयर गरेका हुन्।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७