

सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितलाईरु ५० हजार क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो । तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।
आरोपीहरुले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियोे ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७