

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पु¥याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताउनुभयो ।
मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उहाँको भनाइ थियो । पार्टीका महानगर इञ्चार्ज एवं पूर्वराज्यमन्त्री दिलीप महर्जनले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएकाले जनपक्षीय नीति कार्यान्वयन गर्न अहिले माओवादी केन्द्रलाई जिताउन खाँचो रहेको बताउनुभयो । उक्त वडाका प्रस्तावित वडाध्यक्ष रामशरण डङ्गोलले उक्त क्षेत्रमा अग्रगमनका पक्षमा जनता रहेकाले आफूले जित्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७