TRENDING

सरकारद्वारा शिक्षक महासंघसँगको सहमति उल्लङ्घन, शिक्षा विधेयक फेरि पनि ओझेलमा

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन नहुने निश्चित भएको छ । आन्दोलनरत महासंघ र सरकारबीच आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला र प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आगामी असार १४ गतेसम्मका लागि सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा शिक्षा विधेयक सदनमा पेस गर्ने विषय उल्लेख छैन । विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित देशभरका शिक्षकहरुले लभभग एक महिना लामो आन्दोलन गरेका थिए । एक महिना लामो सडक आन्दोलनपश्चात भएको सहमतिसमेत कार्यान्वयन नहुने निश्चित भएको छ ।