TRENDING

बमकाण्डका आरोपित आलमलाई सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै न्यायपरिषदमा उजुरी

काठमाडौं । रौतहट बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबुले न्यायाधिशहरुमाथि कारबाहीको माग राख्दै न्यायपरिषदमा उजुरी दिएका छन् ।

श्रीनारायण सिंह राजपुतले सोमबार न्यायपरिषदमा उजुरी दिएका मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई सफाइ दिएपछि , सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै न्यायपरिषदमा उजुरी दिएका हुन् ।  उनले उच्च अदालत वीरगञ्जका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै कारबाहीको माग राखेका छन् ।

बम विष्फोटमा छोरा त्रिलोकप्रताप सिंह मारिएपछि उनका पिता श्रीनारायण सिंह १८ वर्षदेखि निरन्तर न्यायका लागि संघर्ष गरिरहेका छन् ।

उनलाई न्यायको आभाष हुनुको सट्टा आरोपित आलमले सफाई पाएपछि उनलाई सफाई दिने न्यायाधिसहरु माथि कारबाहि हुनुपर्ने मागसहित उनले न्यायपरिषदमा उजुरी दिएको बताइएको छ । उच्च अदालतले प्रमाणको उचित मूल्यांकन नगरी आलम लगायतलाई सफाइ दिएकोमा आफ्नो चित्त दुखेको उनले बताएका छन् ।