TRENDING

आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार भएको छ । मानिसहरुलाई जिउँदै इँट्टा भट्टामा पोलेको आरोप पछि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको विरोधमा नेकपा बहुमतका कार्यकर्ताहरूले उनलाई मोसो प्रहार गरेका थिए ।

उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारु सहितको इजलासले आलमलाई सफाइ दिने निर्णय गरेको थियो । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् ।

मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।