TRENDING

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतले जनाएअनुसार पाठकविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिईसकेको छ । पत्रकार पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको जनाईएको छ ।

पाठक कान्तिपुर टिभीमा लामो समयसम्म काम गरेका पत्रका हुन् । अहिले उनले टफ टक विथ दिलभूषण पाठक (टिटि) च्यानल चलाउँछन् । उनले आफ्नो च्यानलमा यसअघि (मे १७) मा हिल्टनमा जयवीर देउवाको पैसा शीर्षकमा भिडिओ सामाग्री प्रसारण गरेका थिए ।