TRENDING

विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार आज अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

हालसम्म शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो । यस शृंखलामा नेदरल्याण्ड्सले जित निकाल्न बाँकी छ । नेपाल र स्कटल्याण्डसँग १–१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।