

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीतिक तरंग पैदा भएको छ। विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरोध जारी राखेको अवस्थामा माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि अहिले यही विषयमा बढि चर्चा भैरहेको छ ।
विपक्षीहरुले सदनको अवरोध कायम गर्ने वा के गर्ने भन्नेबारे निर्णय गरिनसकेको अवस्था छ । प्रमुख विपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिनुपर्ने भन्दै लचकता प्रदर्शन गरेको छ। अख्तियारले छानबिन गरेको विषयमा छुट्टै छानबिन समिति बनाउन नहुने माओवादीको अडान छ ।
तर, रास्वपाले भने यो विषय भ्रष्टाचारको विषय नभएकोले संसदीय वा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ । विपक्षीहरुबीच नै यस प्रकरणमा मागबारे एकरुपता देखिएको छैन् । अहिले संसदमा सांसदहरु भेला भइरहेका छन् । संसद् भवनको बैठक कक्ष प्रवेशको मुख्यद्धारमा भने कांग्रेस र एकीकृत समाजवादीका सांसदहरुबीच उभिएरै गफगाफ चलिरहेको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा, गृहमन्त्री रमेश लेखक र सीता गुरुङ छन् । उता, एकीकृत समाजावदीबाट राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र अम्मरबहादुर थापा रहेका छन् । उनीहरुबीच भलाकुसारी भैरहेको देखिन्छ । तस्विर : कमलराज भट्ट/फेशबुक
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७