

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रेम आलेले पोखरा विमानस्थल निर्माण गर्ने कम्पनीलाई २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिएर भ्रष्टाचार भएको दाबी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकलाई सम्बोधन गर्दै उनले कमिशनको आडमा राज्यले पाउनुपर्ने कर छुट दिइएको बताएका हुन् । ‘२ अर्ब २२ करोड ४० लाख रुपैयाँ राज्यले पाउनुपर्ने कर कमिशनको आडमा छुट दिइएको छ,’– उनले भने ।
साथै, सन् २०१४ मा सो एयरपोर्ट निर्माण गर्न भारत र चीनबाट निकै महँगोमा सिमेन्ट र डण्डी ल्याइएको उनको दाबी छ । नेता आलेले त्यतिबेला एक केजी डण्डीमै १०७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे । ‘त्यतिमात्रै होइन, २०१४ मा सिमेन्ट ल्याउँदा भारत र चाइनबाट मात्रैल्याइएको छ । जबकी हाम्रै देशमा यत्रो सिमेन्ट उद्योगहरु छ, तर हाम्रो देशबाट ल्याइएन,‘एक केजी सिमेन्टको ५० रुपैयाँ यहाँ रेट राखिएको छ । अहिलेकै रेट हेर्दाखेरी पनि जम्मा १५ रुपैयाँ केजी छ । कति भ्रष्टाचार भयो होला ल भन्नु त ? डकुमेन्ट छ, डकुमेन्टसहित बोल्छ प्रेम आले बोल्दा । यो कुनै पूर्वाग्रही होइन । यो डकुमेन्टमा हामी हेर्न सक्छौं । सरिया (डण्डी) को १७२ रुपैयाँ केजी राखिएको छ । आजभन्दा १० वर्ष अगाडिको कुरा । त्यो बेला ६३ देखि ६५ रुपैयाँ रेट रहेछ । यहाँ १०७ रुपैयाँ खाएको छ, आलेले भने ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७