

लन्डन । बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ । हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे । परिक्षा भएका कारण कप्तान रोहित पौडेल भने १७ तारिख मात्र बेलायत आइपुग्ने पाण्डेले बताए ।
माया इभेन्टसले शनिबार ति खेलाडीको सहयोगार्थ लन्डन साउथ ह्यारोको नेवा छेमा च्यारिटी डिनर गर्ने तयारी गरेको छ । निर्देशक पाण्डेले च्यारिटी डिनरमा आएर खेलाडीलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । स्कटल्यान्ड जानु अघि नेपाली टिमले लन्डनमा दुई दिन आराम गर्नेछन् र एमसीसी, कार्डिफ युनिभर्सिटी, ग्लस्टरलगायतका खेलाडीसंग केही अभ्यास खेल खेल्ने कार्यक्रम छ ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । ‘नेपालमा पनि दुई महिना अघिबाट तयारी गरेका छौं, यहाँ पनि प्राक्टिस गर्ने प्रशस्त समय लिएर आएका छौँ ‘ ज्ञानेन्द्र मल्लले भने । आफूहरु पूर्ण तयारीकासाथ आएको र स्कटल्याण्ड जानुअघि यूकेमा अभ्यास गर्ने पर्याप्त समय भएकाले ठूलो सहयोग पुग्ने सन्दीप लामिछानेले बताए ।
लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुने जनाइएको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।
टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७