TRENDING
होमपेज
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी


जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली गर्न आग्रह गरेको छ । आइडिएफ अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित चेतावनीमा संलग्न नक्सा अनुसार चेतावनी दिइएको स्थानहरूमा विद्यालय र अस्पताल परिसरहरू समावेश छन् ।
अद्राईले हमासले ‘आतङ्कवादी गतिविधिहरू’ का लागि यी नागरिक क्षेत्रहरूको शोषण गरिरहेको उल्लेख गर्दै आइडिएफले ठूलो बलका साथ क्षेत्रहरूमा आक्रमण गर्ने पुष्टि गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पराजित गर्ने प्रयासका साथ अगाडि बढ्नका लागि आगामी दिनमा इजरायली सेना ‘पूर्ण बलका साथ’ गाजामा प्रवेश गर्ने मङ्गलबार चेतावनी दिएपछि निकासी आदेश आएको हो । रासस
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७