

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौताबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको १४ महिनापछि देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले देउवा पाँचौं पटक प्रधानमन्त्री बनिसकेको बताउँदै अब छैटौं पटक बन्नेवाला रहेको बताए । उनले समय आएपछि किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताए । ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छु,’– ओलीले भने ।
साथै, प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा आफ्नो कोही पनि उम्मेदवार नरहेको प्रष्ट पारे । ओलीले जो गभर्नर बने पनि काम गर्न सक्ने सक्षम व्यक्ति मेरिटबेशमा बन्ने बताए । ‘राष्ट्र बैंकको गभर्नरमा मेरो आफ्नो भन्ने उम्मेदवार कोही पनि छैन । सक्षम मान्छे ल्याउँ भन्ने मेरो सधैं आग्रह हुन्छ । जो ल्याउने हो मेरिटको आधारमा ल्याउँ । काम गर्न सक्ने मान्छे भए देशलाई भइगयो नि । यो र उ भन्ने कुरा के भयो र सक्षमता चाहियो,’– उनले भने ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७