TRENDING
होमपेज
नेपालले छिमेकी मुलुकविरुद्ध अवाञ्छनीय गतिविधि हुन नदिने- परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । बिहीबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादको विरूद्धमा रहेको उल्लेख गरेको हो ।
भारत–पाकिस्तानबीच बढेको तनावले नेपाल चिन्तित रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुःखद घटनामा नेपाल–भारत एकठाउँमा उभिएका र आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ ।
नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने पनि स्पष्ट पारेको छ । यस्तै मन्त्रालयले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा पनि व्यक्त गरेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७