TRENDING
होमपेज
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध


काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया छनोटमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेका छन् । वर्षाका कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन ।
छनोट खेलमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन् । आजै भएको समूह एको खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।
समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ । सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७