

महेन्द्रनगर । भारत–पाकिस्तानबीच बढ्दै गएको सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपाल–भारत सीमामा पर्न थालेको छ। धनुषाको जटहीदेखि रुपन्देहीको बेलहियासम्मका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नयाँ अनुहार तथा शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिँदैछ।
सशस्त्र प्रहरी बलले सीमा नाकामा डग स्क्वाडसहित निगरानी बढाएको छ। रुपन्देहीको बेलहिया नाकामा ‘डेजी’ र ‘साया’ नामक तालिमप्राप्त कुकुरद्वारा यात्रु तथा सामग्रीहरूको ‘स्नीफिङ’ चेकजाँच हुँदै आएको छ।
धनुषाको जटही तथा भिट्ठामोड नाकामा सुरक्षाकर्मीहरूले परिचयपत्र, गन्तव्य र उद्देश्यबारे विस्तृत सोधपुछ गरी मात्र आवतजावतको अनुमति दिइरहेका छन्। छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालका अनुसार, सीमा क्षेत्रलाई अति संवेदनशील मानेर प्रत्येक गतिविधि सूक्ष्म रूपमा परीक्षण भइरहेको छ।
रुपन्देहीका लुम्बिनी, भगवानपुरलगायतका सहायक नाकामा समेत सुरक्षा बढाइएको छ। जर्मन शेफर्ड प्रजातिको ‘डेजी’ हातहतियार तथा विष्फोटक सूघ्नमा, भने ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध पहिचानमा प्रयोग भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सीमा क्षेत्रमा २४ घण्टा गस्ती, संयुक्त तालमेल, निगरानी तथा खबर आदानप्रदानको कार्य तीव्र पारिएको छ। अवैध घुसपैठ रोक्न सबै बाहिनीहरूलाई विशेष निर्देशन दिइएको छ।
स्थानीयवासीहरू भने दैनिक आवतजावतमा असहज भएको गुनासो गर्छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र स्थानीय तहबीच समन्वय गरी सीमानामा चहलपहलमा कडाइ गरिएको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७