TRENDING

रुसले अस्वीकार गर्‍यो ट्रम्पको शान्ति प्रस्ताव

काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको छ ।

आफ्ना सेनाले कब्जा गरेको युक्रेनका क्षेत्रलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पले आफ्ना मागहरुको सम्बोधन नगरेको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई हटाउने र कीभको सशस्त्र सेनाको आकार सीमित गर्न माग गरेको थियो । यसै हप्ता सम्झौतामा सहमति जुटाउन जोड दिइरहेका ट्रम्पले ‘स्थायी युद्धविराम’ हेर्न चाहेको तर रूस र युक्रेन दुवैका नेताहरूसँग निराशा बढ्दै गएको बताएका थिए ।

ट्रम्पको प्रस्तावमाथि प्रत्यक्ष टिप्पणी गर्ने सबैभन्दा वरिष्ठ रुसी अधिकारी लाभरोभको टिप्पणीले मस्कोको कडा अडानलाई प्रतिनिधित्व गर्दछ ।

रुसी प्रमुख कूटनीतिज्ञले रुसी सेनाले क्रिमियालगायत आंशिक रूपमा मात्र कब्जा गरेका डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रलाई रुसको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने बताएका छन् । यसै हप्ता सम्झौतामा सहमति जुटाउन जोड दिइरहेका ट्रम्पले ‘स्थायी युद्धविराम’ हेर्न चाहेको तर रूस र युक्रेन दुवैका नेताहरूसँग निराशा बढ्दै गएको बताएका थिए ।

ट्रम्पको प्रस्तावमाथि प्रत्यक्ष टिप्पणी गर्ने सबैभन्दा वरिष्ठ रुसी अधिकारी लाभरोभको टिप्पणीले मस्कोको कडा अडानलाई प्रतिनिधित्व गर्दछ ।

रुसी प्रमुख कूटनीतिज्ञले रुसी सेनाले क्रिमियालगायत आंशिक रूपमा मात्र कब्जा गरेका डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रलाई रुसको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने बताएका छन् ।