

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद योगेश भट्टराईले जापान र अष्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा उड्न नपाउने विषय गम्भीर रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जापान र अष्ट्रेलिया जस्तो मुलुकमा हाम्रा जहाज उड्ने र युरोपियन मुलुकमा हाम्रो जहाज नउड्ने कुरा के साच्चै सेफ्टीको मात्रै कुरा छ कि पोलिटिक्स पनि छ ? यो कुरामा ध्यान दिऊँ’ सांसद भट्टराईले भने ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका भट्टराईले प्रस्तावित विधेयकलाई छिटो पारित गर्नुपर्ने बताए । यो विधेयक पारित भएर ऐन बनेपछि युरोपियन मुलुकमा नेपालमा जहाज उड्न पाउँछन् कि पाउँदैनन् भनेर परीक्षण गरिने बताए । यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् ।
१९ माघ २०८१ मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । अब यो विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।
(अनलाइन खबरबाट लिइएको)
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७