TRENDING
होमपेज
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन


काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । सहकारी संस्थाहरूको रकम अपचलनबाट पीडित बचतकर्ताहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आक्रोशित भएका छन् ।
प्रदर्शनको क्रममा उनीहरुले सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचत रकम फिर्ता गर्न माग गरेका थिए । महिनौंदेखि सडक आन्दोलनमा उत्रिएका उनीहरूले सरकारले माग सम्बोधन नगरेको गुनासो गरेका छन् ।
सहकारीहरूको वित्तीय अनियमितताले हजारौं बचतकर्ता आर्थिक संकटमा परेका छन् । पीडितहरूले न्याय र आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएका छन् । सहकारी पीडितले यस अघि पनि न्यायको माग गर्दै बेला बेलामा प्रदर्शन गर्दै आएका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७