

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति तथा प्रतिनिधिसभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै अर्यालले सरकारलाई बजेट निर्माणमा विभिन्न सुझाव दिएका हुन् । ‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवर्द्धन, सामाजिक न्याय र समावेशीताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’
कुशासनकै कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको भन्दै उनले बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्ने बताए । ‘आवश्यकता होइन, पहुँचको आधारमा बजेट छ्ट्याउने, शक्तिशाली नेताको जिल्ला र क्षेत्रमा बजेट खन्याउने, स्थानीय र प्रदेश सरकारले गर्न सक्ने काममा पनि संघीय सरकारले बजेट छुट्याउने तथा कार्यकर्ता पोस्ने उद्देश्यमा अनुत्पादक क्षेत्रमा कनिका छर्ने गलत अभ्यासको पूर्ण नियन्त्रण आवश्यक छ । यसतर्फ सरकार कठोर बनोस्,’ उनले भने ।
रास्वपाले बजेट निर्माण गर्दा सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाएको छ । ‘सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्नुपर्छ,’ कार्यबाहक अध्यक्ष अर्यालले भने, ‘राजश्व वृद्धि र खर्च नियन्त्रण गर्न कर प्रणालीमा सुधार र अनुत्पादनक खर्च कटौती गर्नुपर्नेछ । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेछ ।’
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७