

काठमाडौं । नेपाल र थाइल्यान्डबीच बुधबार आठवटा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि ती सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर भएका आठ सम्झौता र समझदारीपत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा निजी क्षेत्रबीच भएको थियो । सरकारी निकायबीच भएका दुईवटा सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेकी थिइन् ।
यसैगरी, थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो ।
दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरेका थिए । यस समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ ।
साथै, दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै, नेपाल उद्योग परिसंई र थाई उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्डको पर्यटन परिषद्बीच पनि सम्झोतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७