TRENDING
होमपेज
म्यानमारको पिडामा मल्हम लगाउँदै नेपाली सेना


काठमाडौं । भूकम्पका कारण पीडामा परेको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन–२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७