

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीश तारादेवी मर्हजनको इजलासले आइतबार नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७