

काठमाडौंँ । काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।
प्रशासनले काठमाडौँको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटीपुलसम्म कर्फ्यूको क्षेत्र निर्धारण गरेको छ । यसैगरी, कोटेश्वरबाट बालकुमारी पुलसम्म र बानेश्वर चोकदेखि शंखमुल चोकसम्म पनि कर्फ्यू लागेको छ । साथै गौशाला चोकदेखि पुरानो वानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू लगाउने आदेश दिएको छ।
दुर्गा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि प्रशासनले कर्फ्यू लगाउनु परेको हो ।
आज तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिको घर तथा पसल लगायतका भवनहरुमा आगजनी गरेका छन । दिउँसोदेखि नै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७