

काठमाडौं । काठमाडौंका सीडीओ ऋषिराम तिवारीले तीनकुने क्षेत्र तनावग्रस्त रहेको बताएका छन् । राजावादीलाई प्रदर्शन गर्न प्रशासनले सो क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीहरू अराजक बनेर निषेधित क्षेत्र तोड्न लागेपछि स्थिति तनावग्रस्त भएको थियो । प्रदर्शनकारीहरूले मिडिया हाउस र निजी घरहरूमा तोडफोड तथा आगजनी गरेका छन् । सीडीओ तिवारीले अवस्था नियन्त्रणमा लिने प्रयार भइरेको बताएका छन् ।
तीनकुनेस्थित अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा राजावादी प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले बाहिरबाट ढुंगामुढा गर्दा अन्नपूर्ण पोस्टकका कर्मचारीहरू भने भवनको नवौँ तलामा रहेका छन् । एक पत्रकारले आफूहरू नवौँ तलामा रहेको र तलबाट ढुंगामुढा भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अन्नपूर्ण पोस्टनजिकै रहेको भवनमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । पेन्टागन कलेजनजिकै रहेको मार्बल हाउसको भवनमा व्यापक क्षति पुगेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७