

काठमाडौं । नेपाली भाषा टाइप गर्न अब किबोर्डमा अक्षर खोजिरहनु नपर्ने भएको छ । बोल्नेबित्तिकै शब्द आफैं स्क्रिनमा देखिने प्रविधि विकास भएको छ । बर्क्ली कम्प्युटर प्राइभेट लिमिटेडले विकास गरेको वेबसाइट ‘लेख्नुस्’ (Lekhnus) मा प्रयोगकर्ताले आफ्नो आवाजलाई नेपाली टेक्स्टमा रूपान्तरण गर्न सक्छन् ।
कम्पनीका प्रबन्ध निर्देशक भूपाल सापकोटाका अनुसार ‘लेख्नुस्’ हाल वेब भर्सनमा उपलब्ध छ । यो वेबसाइट प्रयोग गर्न मोबाइल वा कम्प्युटरको ब्राउजरमा गई ‘lekhnus.com’ खोल्नुपर्छ । वेबसाइटमा गइसकेपछि त्यहाँ रहेको माइक्रोफोनको बटनमा थिचेर पर्मिसन दिनुपर्छ । अब नेपाली बोल्न थालेपछि स्वतः स्क्रिनमा नेपाली टेक्स्ट आउँछ । त्यहाँ दिइएको माइनस (-) बटनमा थिचेर अडिओ बन्द गर्न सकिन्छ ।
सापकोटाका अनुसार ‘लेख्नुस्’ १० हजारभन्दा बढी पटक भिजिट भइसकेको छ । कुनै शब्द सीमा नराखी बोल्दै टाइप गर्न मिल्ने यस वेबसाइटबाट रोमनमा लेखेर टाइप गर्न मिल्ने, प्रीति फ्रन्टमा टाइप भएका टेक्स्टलाई युनिकोडमा कन्भर्ट गर्ने काम पनि हुन्छ ।
उनका अनुसार यो वेबसाइट सामाजिक सञ्जालमा स्ट्याटस लेख्न, कन्टेन्ट राइटर तथा फ्रिल्यान्सरहरूको लागि निकै उपयोगी हुनेछ । यसमा वर्ड काउन्टको सुविधा पनि छ । प्रयोगकर्ताले ‘लेख्नुस् डटकम’ रुचाए मोबाइल एप विकासमा जुट्ने उनले बताए । “लेख्नुस डटकममा रहेको फिडब्याक बटनमा थिचेर प्रतिक्रिया दिन सकिन्छ । प्रतिक्रियाका आधारमा हामी प्लेटफर्म सुधार गर्दै लैजान्छौँ,” उनले भने ।
यस्तै लेख लेख्न तथा शुद्धाशुद्धि जाँच गर्न ‘लेख्नुस्’ मा एआई असिस्टेन्ट फिचर ल्याउने योजना रहेको उनले सुनाए ।
बिज्ञान / प्रबिधिबाट थप समाचार
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७