

काठमाडौं । एसिया प्यासिफिक टेलिकम्युनिटी वायरलेस ग्रुप (एडब्लूजी) को बैठक दक्षिण एसियामै पहिलो पटक नेपालमा आयोजना हुँदैछ । आउँदो सोमबार, ३१ मार्चदेखि ४ अप्रिलसम्म चल्ने उक्त बैठकको तयारी लगभग अन्तिम चरणमा रहेको व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदिप पौड्यालले जानकारी दिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरण दुवै होस्टको रूपमा रहेका छन् । विश्वका ३८ देशको साझा मञ्चको रूपमा रहेको एपीटीको यो बैठकले नयाँ प्रविधि, त्यसका लागि चाहिने फ्रिक्वेन्सी र नियामकीय ढङ्गबाट अध्ययन गर्छ । सम्बन्धित सबै देशका फ्रिक्वेन्सी सम्बन्धी विज्ञहरू यो बैठकमा सहभागी हुने डा पौड्यालले बताए । होटेल याक एन्ड यतीमा आयोजना हुने यो कार्यक्रममा भर्चुअल समेत गरी चार सय जना जतिको सहभागिता हुने अपेक्षा गरिएको छ । एपीटीलाई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) मा नै निर्णायक भूमिका खेल्ने निकायको रूपमा लिइन्छ । जसमा जापान, कोरिया, चीन, अस्ट्रेलिया लगायतका देशहरू रहेका छन् । प्रविधि र फ्रिक्वेन्सी सम्बन्धी अध्ययन अनुसन्धान केन्द्रित यही निकायले मोबाइल सेवाको ७०० मेगाहर्ज ब्यान्ड पहिचान गरेर आईटीयूलाई सिफारिस गरेको थियो ।
डा पौड्यालका अनुसार आसन्न बैठकमा सिक्सजी, स्याटलाइट, स्पेक्ट्रम हार्मोनाइजेसन, आईएमटी, नयाँ मोबाइल प्रविधि कुन फ्रिक्वेन्सीमा चलाउने भन्ने लगायतका विषयमा छलफलहरू हुनेछन् । कार्यक्रमा सदस्य राष्ट्रका सरकारी प्रतिनिधि मात्र नभएर रिसर्च इन्टिच्युट र विज्ञहरूको समेत सहभागिता हुने बताइएको छ । एपीटीको उच्च प्राविधिक कमिटीको रूपमा रहेको एडब्लूजीले निष्कर्षको रूपमा दिने सुझाव एपीटीमार्फत आईटीयूमा जानेछन् ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७