

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले बदनियतपूर्ण निर्णय गरेको बताएका हुन्।
सरकारले सोमबार साँझ मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। रास्वपाले दैनिक १८ घण्टासम्मको लोडसेडिङको मार खेपेका नेपालीलाई अँध्यारोको सकसबाट मुक्त गर्न मूख्य भूमिका निभाएका घिसिङलाई हटाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। बिचौलियालाई संरक्षण गर्दै कुलमानलाई हटाएको निष्कर्ष रास्वपाको रहेको विज्ञप्तिमा उल्लेख छ।
‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सहमतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौँ भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७