TRENDING
होमपेज
भन्सार सम्बन्धी विधेयक सर्वसम्मतिले पारित


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुङ्ग्याउँदै सर्वसम्मतिले पारित गरेको हो । भन्सारसम्बन्धी समस्याहरूलाई समाधान गर्ने गरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए।
व्यापार सहजीकरणको लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेस गर्ने तयारी गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७