

काठमाडौं । सेयर बजारमा यो साताभर गिरावट आएको छ । समीक्षा अवधिमा सेयर बजार परिसूचक ६७ दशमलव १७ अङ्कले घटेको छ । गत साता २७३६ दशमलव ४८ विन्दुमा बन्द भएको बजार यो साता २६६९ दशमलव ३१ विन्दुमा झरेर बन्द भएको छ ।
आइतबार बजार परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर ओरालो यात्रा सुरु गरेको बजारले सोमबार १० दशमलव १४ अङ्कले घटेको थियो । मंगलबार ७ दशमलव ६६ अङ्कले घटेको थियो भने बुधबार १४ दशमलव ८८ अङ्कले घटेको थियो । यो साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा १२ दशमलव ३८ को गिरावट आएको थियो ।
यो साता ग्रीन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । गत साता १३६६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १४६७ दशमलव ८७ रुपैयाँमा बन्द भएको छ ।त्यस्तै दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत साता ८२७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८८ दशमलव ५५ रुपैयाँमा बन्द भएको छ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७