TRENDING
होमपेज
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ


काठमाडौँ। एउटा ट्रकमा राखिएको ठूलो परिमाण नगद प्रहरीले बरामद गरेको छ। उक्त रकम करिब २५ करोड नगद भएको अनुमान गरिएको छ। रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। एकजना ट्रक चालक रहेको जनाइएको छ।
काठमाडौँको झोर महाकाल क्षेत्रमा ना १ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको हो। अनुमानित २५ करोड रुपैयाँ रहेको भए पनि यकिन गर्न गन्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७