

सिरहा । सिरहामा भारतीयलाई नागरिकता दिने काममा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासनले भारतीय नागरिकलाई नागरिकता दिएको विषयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।भारतीय नागरिक मोसताक मियाँलाई वडाका जनप्रतिनिधि र कर्मचारीदेखि जिल्ला प्रशासनसम्मका कर्मचारीको मिलेमतोमा नागरिकता दिइएको तथ्य कान्तिपुरले मंगलबार सार्वजनिक गरेको थियो । नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई नक्कली बुबाआमा बनाइएको छ ।यो तथ्य सार्वजनिक भएपछि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले भुलचुकमा सिफारिस हुन गएको दाबी गर्दै आएका छन् । तर, स्थानीयले भने उनीहरूले दुई लाखसम्म भारतीय रुपैयाँ घुस लिएर नागरिकता बनाइदिएको आरोप लगाउँदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय, सिरहाबाट २०८० असार २६ मै नागरिकता जारी भएको थियो । तर, यस विषयमा जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी पर्दा पनि अहिलेसम्म कारबाही हुन सकेको छैन । कान्तिपुरको समाचारपछि मंगलबारै सांसद राजकिशोर यादवले प्रतिनिधि सभामा बोल्दै वडाध्यक्ष सत्तारुढ एमालेका भएकाले उनलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७