

काठमाडौं । आर्थिक वर्षको ७ महिना अर्थात् माघमसान्तसम्म जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर (बीमा त्याग) बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनामा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५ सय २३ बीमितले बीमा पोलिसी त्याग गरेका छन् । बीमितले ८ अर्ब ५९ करोड २ लाख २ हजार रुपैयाँ बराबरको बीमा त्यागेका हुन् ।
गत पुस जीवन बीमा कम्पनीहरुको करिब ५४ हजार बीमितले ७ अर्ब ६६ करोड पुगेको पोलिसी सरेन्डर गरेका थिए । माघ महिना मात्रै जीवन बिमा सरेन्डर १५.०४ प्रतिशतले बढेको छ । यो अवधिमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ । यो कम्पनीको माघ महिनासम्म २ अर्ब ५९ करोड रुपैयाँ बराबरको बिमालेख सरेन्डर भएको छ । त्यस्तै, नेपाल लाइफको २ अर्ब ३६ करोड बराबरको बिमालेख सरेन्डर भएको छ।
त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ४ हजार १३७ वटा बीमा पोलिसी सरेन्डर भएर ३७ करोड ८१ लाख रुपैयाँ रकम बाहिरिएको छ । नेसनल लाइफको ३ हजार ७२० वटा पोलिसीबापत ५५ करोड १५ लाख रुपैयाँ सरेन्डर भएको छ ।सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३४ सय ८३ वटा बीमा पोलिसी सरेन्डर हुँदा ४६ करोड ९९ लाख रुपैयाँ बाहिरिएको छ । मेट लाइफको २ हजार ९५ वटा बीमा पोलिसीबापत २४ करोड १२ लाख रुपैयाँ त्याग भएको छ ।
राष्ट्रिय जीवन बिमा कम्पनीको ७८ करोड, एशियन लाइफको ५४ करोड, आइएमई लाइफको १२ करोड र सिटिजन्स लाइफको १४ करोड बीमालेख सरेन्डर भएका छन् । सानिमा रिलायन्सको १५ करोड, प्रभु महालक्ष्मी लाइफको १२ करोड, रिलायबल नेपालको ६ करोड र सन नेपाल लाइफको ४ करोड रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा समेत त्यसको प्रभाव परेको छ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७