

काठमाण्डौं । सत्ता साझेदार नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश (म्यासेज) पठाएर संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् । ‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ कांग्रेस सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ ।
यसैगरी प्रमुख सत्तारूढ नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले बताए ।
बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७